- मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका महाहन्त्री गगन कुमार थापाले कुनैपनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन् ।
मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् ।
उनले भने,‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौं, कोहीपनि संघीयताप्रति उदार छैनौ । एकदमै अनुदार छौ । यसमा रुची छैन । मैले नयां दलहरु पनि हेरें, क्षेत्रीय दलहरु पनि हेरें । जसले बाहिर जे जे भनेपनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन् ।’
उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठुलो महत्व रहेको बताए । उनले संघीयताको बिषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने पनि बताए ।
उनले भने,‘संघीयताको बिषयमा बहस छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौं । दुवै आन्दोलनको महत्व ठूलो छ । तर अलिक फरक रुपमा पनि हेर्नपर्छ । केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ । शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ । सबै राजनीतिक पार्टीको घोषणपत्रमा संघीयताप्रति कमिटमेन्ट छ । यो संस्थागत कमिटमेन्ट हो ।’
कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संविधान कार्यन्वयनको बिषय धेरै चुनौती र पेचिलो रहेको बताए ।
उनले भने,‘ संविधान रचना कालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ । यसको मर्म अनुसार कार्यान्वयन त्यतिकै उन्न स्तर र हार्दिकताको जिम्मेवारी बोधका साथ समझदारीका साथ जान सक्नुपर्दथ्यो । त्यहाँनेर ल्याकिङ भयो । कार्यान्वयनमा चुनौती र पेचिलो छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’